awesome-kp-quotes
Collection of KP Sharma Oli's quotes
This is a collection of quotes by KP Sharma Oli. I don't remember the original source where I got this from and these are here for just fun purpose. I've no intention in either promoting KP Sharma Oli's quote or making fun of them and I do not intend to promote or support any particular political ideology. This is for pure fun.
Quotes
यो मानवसाङ्लो होइन, माखेसाङ्लो हो ।
हामी नेपालीहरूमा नकारात्मक सोच छ । रूखमा दुईतीनवटा आँप झ¥यो भने बगैँचा नै रित्तियो भन्छौँ । वास्तवमा केही मात्र झरेका हुन् । त्यसले केही फरक पर्दैन ।
ग्यासका सिलिन्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिँड्नु पर्दैन । सिलिन्डरको युग समाप्त गरिदिन्छु । घर–घरमा चुला–चुलामा पाइप पु¥याइदिन्छु ।
भुरुरु धुवाँ छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउँछौँ ।
हावाबाट बिजुली निकाल्ने काम सुरु हुँदै छ । एक वर्षभित्र लोडसेडिङ अन्त्य हुन्छ त्यसै भनेको छैन ।
उपप्रधानमन्त्री धेरै भएर के बिग्रियो ? मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको त हो । सांसद्को भन्दा मन्त्रीको दुई हजार बढी तलब हुने त हो ।
अझै पनि कांग्रेस सरकारमा आउने हो भने मन्त्री घटाउन सकिन्छ । सानो मन्त्री मण्डल बनाऔँला । बेलायत, युरोपतिर उत्कृष्ट कहलिएका व्यक्तिहरू छन् क्यार ।
बिहान सहमति हुन्छ, दिउँसो 'सहमति भएकै छैन' भन्नेलाई कुन डाक्टरले उपचार गर्ने ? के दबाई खुवाउने ? संविधान रोक्न बाहिर कता सिन्को, त्यान्द्रो भेटिन्छ, त्यसलाई मिलाएर मोर्चा बनाइएको छ ।
नेवारी भाषामा एउटा उखान छ– 'माकः फुइँ (बाँदरले फुर्ती लगाउने)' भन्ने, त्यस्तै हो । बाँदरले हाँगा हल्लाउँदा रूख त हल्लिन्छ, तर यसपटक रूख (संविधानसभा) भाँच्ने सामथ्र्य राख्दैन । त्यहाँ एमाले बलियो शक्तिका रूपमा छ । यो संविधानसभाले संविधान जारी गर्छ ।
झापामै बस्ने जनता चुप छन्, कञ्चनपुरबाट जितेको प्रतिनिधि चुप लागेर बसेको छ । अन्तैबाट कोही आउँछ र 'झापा त छाड्दै छाड्दिनँ, कञ्चनपुर त छाड्दै छाड्दिनँ' भन्छ ।
जनता त्यति नबुझ्ने छैनन् । को संविधान बनाउन लागेको थियो, को बन्नै नदिन लागेको थियो भन्ने बुझ्छन् । गोलो घोचेर बिच्केको अरिंगाल त होइनन् नि जनता, जसलाई पायो त्यसलाई चिल्ने ।
हावा भरिएको बेलुनजस्तो आकारमात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुकमांगद नामको छेस्कोले के घोचेको थियो, फ्यास्स हावा खुस्कियो । माओवादी छातेच्याउमात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ ।
वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रूख बनेपछि वनमारा आफैँ खुइलिएर जान्छ ।
झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो । हामी पुतली बनाएर छोड्छौँ । पुतली बनाएपछि पुतली भनौँला । अहिले झुसिले हो माओवादी, पुतली होइन । पछि वामपन्थी बनाउँछौँ भनेर उग्रवामपन्थी माओवादीलाई अहिले नै वामपन्थी भन्न मिल्दैन । जुन दिन हामी उसलाई रूपान्तरण गरेर वामपन्थी बनाउन सक्छौँ, त्यही दिन वामपन्थी भनौँला । हाललाई माओवादी वामपन्थी होइन ।
दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी । दुई मानालाई एक पाथीको भ्रम परेको छ ।
हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन ।
एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्यो भने के गर्ने ? मधेशको माग भनेको यस्तै हो ।
सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँशु झार्छे, एकअर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन् । जब सिनेमा सकियो केको लभ पर्नु ? हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो ।
गोरु नांगो देख्दा मलाई अहिलेसम्म लाज लागेको छैन ।
खहरे आएका बेला ढुंगामुढा सबै बगाउँछ । खहरेको प्रभावमा परेर गरेको निर्णय गलत लाग्यो भने जनताले सच्याउँछन् । यो 'जनकरेक्सन' हो ।
झुम्रा, कागज र अरू मटेरियल त पहिल्यै थिए, तर ती पहिल्यै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।
अठार पुराणको निष्कर्ष ‘परोपकारपुण्याय, पापाय परपीडनम्’ भनेजस्तो एमालेको अहिलेको निष्कर्ष माओवादी सुधार हो । तर, माओवादीलाई सुधार्नु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो, निल्दैन । एकछिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि, हामी के गर्नु त ?
गोगो साबुनको विज्ञापनमा भन्छ नि, 'गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने' भनेजस्तै एमालेजस्तो पार्टीलाई गाईले पनि लखेट्या छ, कुखुराले पनि लखेट्या छ । कुखुराको पनि ठूलो भाले होइन, चल्लाले लखेट्या छ । एमालेजस्तो पार्टीलाई अरूले गालामा चड्याम्म हान्छ, अनि 'कस्तो दुख्नेगरी हानेको सहन्नँ है म' भन्या छ ।
जबजलाई कहाँ टीको लगाइदिनुपर्छ, कहाँ गाजल लगाइदिनुपर्छ, कहाँ लिपस्टिक लगाइदिनुपर्छ भनेर बहस गर्ने कि जबजले भनेअनुसार उग्रवामपन्थी र दक्षिणपन्थीविरूद्ध लड्न थाल्ने ?
संविधानसभामा वामपन्थीको दुईतिहाइ बुहमत भनेर त्यसै छाती पिट्दै हिँडेर हुन्छ ? आफ्नो खेतमा खडेरी प¥या छ । त्यसमाथि त्यहीँ बाँदर पल्क्या छ । काकाको खेतमा धान फल्यो भनेर खुशी हुने ?
बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन ।
रुवान्डा, नाइजेरिया, सुडानमा के भयो ? यहाँ पनि अन्तैबाट बोकाउन खोजिएको विद्वेषको भारी बोकेर उनीहरू (विपक्षी मोर्चा) हिँडेका छन् । कसको आदेशमा यस्तो भारी बोकेको हो बुझेको छैन, तर हामी जनताबाहेक अरूको आदेश मान्दैनौँ । मसान चलाउन सजिलो छ, मनाउन गाह्रो छ, साथीहरूलाई त्यस्तै भएको हो ।
कपाल काट्न सिक्ने भए कमाराका टाउकाबाट सिक्नु भन्ने उखान छ । कपाल भुत्ल्याइए कमाराको भुत्ल्याइन्छ, रौँ उखेलिए कमाराको उखेलिन्छ । दुखे कमारालाई दुख्छ । टाटेपाटे भए कमारो हुन्छ । तर, कपाल काट्न जानेपछि ठूलाबडाको टाउकामा काट्नु भनिएको छ । मलाई लाग्छ– हामीलाई कमाराको टाउको बनाएर प्रयोग गर्न खोजिएको छ ।
संविधान बनाऔँ भन्दा केही साथीहरू उत्तेजनामा आउँछन्, उनीहरूलाई ज्वरो बढ्छ । उत्तेजित नहुनुस्, धेरै गाह्रो भए सिटामोल खानुस्, पानीपट्टी लगाउनुस् । तपाईंले आह्वान गर्नासाथ जनता लाठा लिएर सडकमा भिड्न र टाउको फुटाउन आउँछन् भन्ने विश्वास नगर्नुस् ।
पत्रिकामा ‘ल बाबु हो, अब रंग भर’ भनेर एउटा कुखुरो बनाइदिएको हुन्छ । लुर्कामा रातो, खुट्टामा खैरो, सिउरमा फुस्रो रंग भरेर पठाउँछन् केटाकेटी । जबजलाई त्यस्तै गर्न खोजिएको छ । केटाकेटीलाई रंग भर भनेर दिइएको चित्रजस्तो होइन, जबजको व्याख्या गर्ने तरिका ।
केको वाइसिएल र युथफोर्सको भिडन्त हुन्छ ? खुकुरी र टाउकोको मुठभेड भन्ने ?
सरकारमा बस्ने एमालेको धर्म होइन । ब्राह्मणले बिहान उठेर तुलसीमा पानी हाल्छ, गायत्री मन्त्र जप्छ, शुक्रबार–शुक्रबार मुसलमान मस्जिद जान्छ, आइतबार क्रिस्चियन चर्चमा जान्छ भनेजस्तो एमाले सत्तामा जान्छ भन्ने पनि हुन्छ ?
छोराको तिघ्रा बढेपनि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनालाई विरोध नसम्झोस् ।
माओवादीलाई शान्ति-प्रक्रियामा झुम्केबुलाकी दिउँला, कण्ठेतिलहरी दिउँला भनेर फकाएर ल्याएको होइन ।
अंकको कुरा नगर्ने हो भने माओवादीले प्रमुख पार्टी भनेर ङ्यार्रङुर्र गर्ने, गर्धन फुलाउने काम नगरे हुन्छ । यति जनादेश, उति जनादेश भनेको अंककै कुरा हो, दस्ताबेजको कुरा होइन । बहुमत भनेको संख्या पुर्याउने हो, पर्चा पुर्याउने होइन ।
एक माघले जाडो जाँदैन । This moment is not the end of the time.
सिलिन्डरको फेज समाप्त गर्दिन्छु, घर-घरमा चुला-चुलामा पाइप पुर्याइदिन्छु ।
नेपाललाई स्थिरताको बाटोमा जान नदिन सबभन्दा लोभि पाठो खोजेर घाँस देखाउने काम भो। दाइने हातमा लिएको खुकुरी नदेख्ने देब्रे हातमा लिएको हरियो घाँस देख्ने, म्या म्या गरेर पछाडि लाग्ने ।
हाजिरपुस्तिकामा हाजिर गर्ने, तनाखा लिने ठाउँबाट लिएर खल्तिमा हाल्ने अनी कुदेर सडकमा जाने। संबिधान बन्न हुन्न भन्ने फेरी कुदेर गएर हाजिर। हाजिर किन गर्ने भने तेस्को पनि भत्ता पाईन्छ ।
के गर्ने गैंडा अमेरिकामा जन्मिदैन, युरोपमा जन्मिदैन, अस्ट्रेलियामा जन्मिदैन, यै (नेपाल) आउन पर्छ ।
जिन्दगीमा एक पल्ट गैंडा हेरेन भने जुनसुकै विकसित देशको जोसुकै मान्छे होस्, जोसुकै धनि होस्, गैंडै देख्या छैन भने के देखोस | आधा जिन्दगी खेर गो |
येत्रो सृष्टीको, सृष्टीको येत्रो, जैविक संसारमा येत्रो गैंडा जस्तो चिज देख्दै देख्या छैन भने पैसा कमाएर के गर्ने ?
जसको पैसै नहुनु त एउटा कुरा, पैसा भएर पनि गैंडा नदेखीकन जान्छ जिन्दगी भने त बर्बाद भएन |
कां छ राइनो? कल्ले भन्या? अंग्रेजीमा कां बाट आयो राइनो? जां हुदै हुदैन के को राइनो ? राइनो हुदैँ हुदैन त्या के को राइनो | गैंडा जसले देखेन, गैंडा भन्न नजानेर राइनो भन्छ - गैंडा भन्न नजानेको हो |
Contributing
- If you know any missing quotes by KP Sharma Oli, please send a pull request.